भरतपुर भम्रण वर्षअन्तर्गत देवघाट– हलेसी सगरमाथा मोटर र्‍याली सुरु

चितवन | बैशाख ५, २०८१

भरतपुर भम्रण वर्षअन्तर्गत देवघाट– हलेसी सगरमाथा मोटर र्‍याली सुरु

चितवनः भरतपुर भम्रण वर्ष २०२४ को प्रर्वद्धनका लागी देवघाट–हलेसी सगरमाथा मोटर र्‍याली सुरु भएको छ ।

 


मोटर टुरिजम तथा मोटर स्पोर्टस प्रर्वद्धन गर्ने उद्दश्यले नेपाल अटोमोवाइल एसोसिएसन (नासा) वाग्मती प्रदेश र चितवन अटोमोवाइल डिलर्स एसोशियशन काडाद्वारा संयुक्त रुपमा मोटर र्यालीको सुरुवात गरिएको हो । र्‍याली दुई रात र तीन दिनको हुनेछ ।

 

र्‍यालीको उद्घाटन गर्दै भरतपुर महानगरका नगर उप प्रमुख चित्रसेन अधिकारीले भरतपुर भ्रमण वर्षलाई सफल बनाउन यस्ता खालका र्‍यालीहरु अति नै महत्त्वपूर्ण रहने बताए । उनले भने,देवघाट–हलेसी सगरमाथा जस्ता अति पवित्र क्षेत्रहरुको बिकास र प्रबर्द्धन गर्न र त्रिकोणात्मक पर्यटन ट्रयाक निर्माण गर्न र्‍याली फलदायी हुने बताउनुभयो ।

 

भरतपुर देवघाटदेखि सुरु भएको र्‍याली हेटौंडा, सिन्धुली, खुरकोट, घुर्मी, हिलेपानी, हलेसीसम्मको करिब ३ सय २७ किमि ट्रयाकमा सेल्फी टिडिएस र्याली प्रतियोगिता हुने नासा नेपाल बाग्मती प्रदेश सघं तथा चितवन अटोमोवाइल्स डिलर्स एसोशियशन (काडा चितवन) का अध्यक्ष राजन पियाले जानकारी दिनुभयो ।

 

प्रतियोगितामा २५ देखि ३० वटा गाडी सहभागी भएका छन् । यस्तै खोटाङ्गको हर्कपुर, सुनकोसीको किनारमा अटो जिमखाना प्रतियोगिता संचालन गर्ने तयारी समेत गरिएको छ।
‘मोटर लिको रेसिंगको विधा अन्र्तगत टिडिएस र्याली अन्तर्गत गन्तव्यसम्म पुग्नको लागि विभिन्न चेक प्वान्इटहरु निर्धारण गरी बाटोको प्रकृति अनुसार अधिकतम गति दिएको हुन्छ’ अध्यक्ष पियाले भन्नुभयो । सहभागिहरुमध्ये गन्तव्यमा आयोजकले दिएको अधिकतम गति समयमा जो पुग्छ खेल उसैले जित्नेछ ।

 

सो कार्यक्रमका विजेताले शिल्ड, प्रमाणपत्र र आकर्षक पुरस्कार प्राप्त गर्नेछन् । कार्यक्रममा ड्राइभर्स, मार्शल र अन्य प्राविधिकहरुको सहभागिता रहने छ । प्रतियोगिताको समापन भने ओखलढुङ्गाको ढापमा हुनेछ ।

 

एक दशकदेखि नेपालमा र चितवनमा समेत सुरुवात भएको मोटर स्पोट्र्सको दर्जनौ इभेन्टहरु हाल नेपाालमा भइरहेका छन् भने चितवनबाट यस प्रकारको कार्यक्रम पहिला पनि चितवन मुक्तीनाथ मोटर र्याली नेपाल अटो जिमखाना प्रतियोगीता सफलतासाथ सम्पन्न भएको थियो ।


त्यस्तै मोटर रेसिंङ्गको सर्ट सर्किट विधा अटो जिम खाना छोटो र सांगुरो अस्थाई सर्किट डिजाइन गरि कलात्मक हिसाबले तयार गरिन्छ । जहाँ ड्राइभरहरुले आफ्नो कला, साहस र सृजना प्रस्तुत गर्नेछन् ।

काठमाडौं:  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज अपराह्न वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा हुने भएको छ ।   पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन...

थप पढ्नुहोस्

जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरामा ध्वनी प्रदुषणमार्फत आतंक मच्चाउने १० वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको छ ।   कास्की प्रहरीले संचालन गर्दै आएको ‘अप्रेसन–३६५’ अन्तर्गत १० वटा मो...

थप पढ्नुहोस्

पोखरा:    कास्कीको अन्नपूर्ण आधार शिविर (एबिसी बेस क्याम्प) स्थित पिसफूल लज एण्ड रेष्टुरेन्टमा आगलागी भएको छ ।   स्थानीय पर्यटन व्यवसायी मिकास गुरुङका अनुसार मंगलबार करिब साढे ४ बजे ग्यासको...

थप पढ्नुहोस्